आधारातमा मागे बावुराम भट्टराईले गुहार

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते २:०२ मा प्रकाशित

Baburam-Bhattarai_20110602084615काठमाण्डु, १२ वैशाख – एकीकृत नेकपा  माओवादीका नेता बावुराम भट्टराइले मध्यरातमा हारगुहार गरेका छन् । आफूलाई समर्थन गरिदिन भट्टराईले मध्यरातमा सवैसँग गुहार मागेका हुन् । संविधानसभाको महत्वपूणर् समिति संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा आफूलाई समर्थन गर्न भट्टराईले अन्य दलसँग सहयोग मागेका छन् ।

उनले राति १ बजे भट्टराईल आफनो फेसवुक स्टाटस मार्फत यस्तो सहयोगको अनुरोध गरेका छन् । भट्टराइले भनेका छन् ‘आज वैशाख १२ गते हुने संविधानसभाको महत्वपूर्ण समिति संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति  को सभापतिको निर्वाचनमा सबै राजनीतिक दलहरू र सदस्यहरूको पूर्ण सहयोग र समर्थनकालागि हार्दिक अनुरोध गर्दछु’ ।

दलहरुसँग छलफल नभएको भन्दै साना दलले भटटराइलाई समर्थन गर्न आनकानी गर्दै आएका छन् । नेपाली कांग्रेस, एमालले भट्टराई समर्थन गरिसकेका छन् भने साना दलको समर्थन जुट्न बाँकी छ ।

राति अपडेट गरिएको फेसवुकमा भट्टराई थप्छन् ‘निर्वाचित भएमा संविधानका अहिलेसम्म असहमति रहेका सबै विषयहरूमा सबै दलहरू र मा। सदस्यहरूको सहमति कायम गरेर आगामी माघ ८ गते सम्म नयाँ संविधान नेपाली जनतालाई दिन मन, वचन र कर्मले लागीपर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us