काठमाण्डु १२ वैशाख –आज विश्व औलो दिवस । औलोलाई हराउन भविष्यमा लगानी गरौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ ।
औलो रोग लामखुट्टेको टोकाईले मान्छेमा सर्छ । यो रोग आँखाले नदेखिने सुक्ष्म परजिवीको कारण लाग्छ ।
औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजिवी फैलिने गर्छ ।
जाडो हुने, कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसूस हुनु औलोका लक्षण हुन् ।
औलोले महामारीको रुप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शंका लाग्ने बित्तिकै रगत परिक्षण गराउन चिकित्सकले सुझाव दिएका छन् ।