संविधानमा नै निर्वाचनको समय तोकियोस् –उप्रेती

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ७:३१ मा प्रकाशित

Nilkantha-Upretiचितवन, ११ वैशाख – प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुनु उपयुक्त नभएको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले त्यसबारे प्राविधिक रुपमा ठीक नहुने राय आयोगले दिएको भए पनि राजनीतिक दलले नमानेको बताए ।

एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुँदा संविधानसभाले समयमा पूर्णता नपाउने र खर्चिलो हुने उनको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, एउटा क्षेत्रको निर्वाचन गर्न एक करोड खर्च हुन्छ, चार महिनाभन्दा बढी भयो संविधानसभा अधूरै हुन्छ । ” चार निर्वाचन क्षेत्रमा उपनिर्वाचन आगमी असार ८ गते हुँदैँछ ।

स्थानीय निकायको निर्वाचन सरकारले मिति तोकेको तीन महिनाभित्र आयोगले गर्न सक्ने उनको भनाइ थियो । उहाँले चार चरणमा निर्वाचन गर्नुपर्ने राय आयोगको रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us