मनोनयन छिटो हुनुपर्ने सुझाव

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ७:३४ मा प्रकाशित

nemwangविराटनगर, ११ वैशाख – संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले भोलि बस्ने संसदमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका सम्बन्धमा दलबीच सहमति कायम हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख नेम्बाङले विगतको संविधानसभामा संविधान निर्माणका लागि भएको सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा दलबीच सहमति भइसकेकाले नयाँ संविधान तोकिएको समयमा बन्ने विश्वास व्यक्त गरे ।

उनले संविधानसभाका २६ स्थानमा मनोनयन चाँडै गर्नुपर्ने अन्यथा यसबाट जनतामा नकारात्मक असर पर्नसक्ने धारणा व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us