
काठमाण्डु, ११ वैशाख – भगवान् बुद्ध र सगरमाथाको देश भनेर विश्वभर चिनिएको सानो नेपालमा थुप्रै रहस्यहरु पनि छन् भन्ने कुरा नेपालमै जन्मेर हुर्केकालाई समेत थाहा नहुन सक्छ ।
तर, रुस र फ्रान्सबाट नेपालमा आएका अन्वेषकहरुले काठमाडौँमा कार्यपत्रमार्फत त्यस्तै आश्चर्यजनक रहस्यहरु सार्वजनिक गरे ।
फ्रान्सेली नागरिक मोरिस डुसेन र रुसी नागरिक युरिए राडिचेभले नेपालको थुप्रै महत्वपूर्ण स्थलको भ्रमण गरी आश्चर्यजनक तस्विरहरु खिचेका छन् ।
नेपालको झन्डै सबैजसो क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सेली नागरिक डुसेनले नेपालका महत्वपूर्ण गुफाको अनुसन्धानसमेत गरेका थिए ।
उनले हालसम्म आफूले ३० वटा गुफा पत्ता लगाएको दाबी गर्दै ती गुफामध्ये सबैभन्दा गहिरो गुफा बैतडीमा रहेको र सो गुफा १९६ मिटर गहिरो रहेको जानकारी दिए ।