देश र जनताको सुख शान्तिको लागि पूजा – पूर्व राजा ज्ञानेन्द्र

काठमाण्डु टुडे २०७१ वैशाख १० गते १२:४१ मा प्रकाशित

gyanendra shahकलैया, १० वैशाख – पूर्व राजा ज्ञानेन्द्र शाहले देश र जनताको सुख शान्तिको कामनाका लागि देवी देवताको पूजाअर्चना गरेको बताएका छन् । पूर्व राजा साहले आज बाराको सिसहनिया गाविस वडा नं ३ स्थित सुरेश्वरनाथ महादेवको पूजाअर्चना गरेपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले एक प्रश्नको जवाफ दिँदै वर्तमान मुलुुकको राजनीतिक अवस्था र नेताहरूबाट जनचाहना अनुकूल क्रियाकलाप भएको नभएकाबारे जनताबाट बुझ्न अनुरोध गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us