
भक्तपुर, ९ वैशाख – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय निकायको निर्वाचनको मुख्य बाधक ठूला दल भएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले भने “स्थानीय निकायको चुनाव तोकिएको समयमा अब हुँदैन, चुनावको बाधक नै सत्तासीन दल र एमाओवादी हुन्, यी ठूला दलले चाहे भने स्थानीय निकायको निर्वाचन हुन्छ तर यी दलहरू नै भित्रैबाट स्थानीय निकायको निर्वाचन गर्न चाहँदैनन् ।”
सत्य निरुपण तथा मेलमिलाप आयोगका नाममा ठूला दलहरूले अर्बौ रकम मिलेर खान खोजेका आरोपसमेत उनको छ ।
सञ्चार क्षेत्रमा विदेशीको लगानी भित्रिनु कुनै नौलो नभएको बताउँदै उनले नेपालका ठूला सञ्चार संस्थामा अदृश्य वा दृश्य लगानी बढाउने काम सरकार र एमाओवादीले नै गरेका हुन् भने