सूचना प्रसार र सञ्चार प्रविधिसम्बन्धी नयाँ नीति ल्याइने

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ९:५७ मा प्रकाशित

minendra-rijalकाठमाण्डु, ९ बैशाख – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सूचना प्रसार नीति र सञ्चार प्रविधि नीति तत्काल ल्याउन आवश्यक भएको बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज  सम्पन्न बैठकमा मन्त्री डा रिजालले सूचना र प्रविधिको द्रुततर विकाससँग समायोजन गर्नका लागि तत्काल नीतिहरु परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

सरकारका काम कारबाहीहरु बृहत् नीतिबाट निर्देशित नहुँदा नीतिगत रुपमा बेलाबेलामा समस्या आउने भएकाले त्यसतर्फ ध्यान दिई अगाडि बढ्न मातहतका निकायलाई निर्देशन दिदै मन्त्री डा रिजालले समय र प्रविधिको विकाससँगै मन्त्रालयमा सुधारसमेत गरिने जानकारी  गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us