कम्युनिष्ट पार्टीको स्थापना दिवश

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ५:२६ मा प्रकाशित

maoist-flagकाठमाण्डु, ९ वैशाख – आज कम्युनिष्ट दिवस, विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना आजभन्दा ६५ वर्ष अघि भारतको कोलकत्ताँमा भएको थियो । पार्टीको स्थापना लेनिनको जन्म जयन्तीको अवसर पारेर भएको हो ।

यसैबीच कम्युनिष्ट पार्टीको स्थापना तथा लेनिनको १ सय ४४ औ जन्मजयन्तीको अवसरमा एमाओवादी अध्यक्ष प्रचण्डले एक विज्ञप्ती प्रकाशित गर्दै क्रान्तिकारी, प्रगतिशील र देशभक्त जनसमुदायलाई शुभकामना ब्यक्त गरेका छन् ।

विज्ञप्तीमा नेपालको कम्युनिष्ट आन्दोलनको अनेकौं आरोह, अवरोह छिचोल्दै देश कम्युनिष्ट आन्दोलनले तय गरेको एजेण्डमा रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा अध्यक्ष प्रचण्डले दश वर्षे जनयुद्धकै कारण नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समाबेशीता जस्ता राजनीतिक उपलब्धी सुनिश्चित गरिएको दाबी गरेका छन् ।

विज्ञप्तीमा लेनिले अघि सारेका क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्ताबनाको महत्व नघटेको भन्दै लेनिनले देखाएका क्रान्तिको सिदान्त मार्गनिदेशक सिदान्त बनिरहने उल्लेख छ ।

यस्तै विज्ञप्तीमा देशका सम्पुर्ण क्रान्तिकारी कम्युनिष्ट शक्तिलाई एकताको लागि अपिल समेत गरिएको छ ।

विज्ञप्तीमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न सबैलाई प्रेरणाा मिलोस् भन्ने कामना गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us