काठमाण्डु, ९ वैशाख – स्ववियु निर्वाचनबारे साझा धारणा बनाउन अखिल क्रान्तिकारी सहितका ११ विद्यार्थी संगठनको बैठक आज बस्दैछ ।
बागबजारमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा स्ववियु निर्वाचनका बिषयमा छलफल हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले जानकारी दिए ।
आवश्यक गृहकार्य नगरी त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको भन्दै रायमाझीले आपत्ति जनाए । त्रिविले आगामी जेठ १४ गते स्ववियु निर्वाचनको मिति तय गरेको छ । स्ववियु निर्वाचनको अनेरास्ववियु र नेबि संघले स्वागत गरेका छन् ।