सामुदायिक वनमा शव

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ८:०७ मा प्रकाशित

बागलुङ, ८ वैशाख – नरेठाँटी गाविसस्थित सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ ।

चार दिनेदेखि बेपत्ता नरेठाँटी गाविस–४ का ५२ वर्षीय अमर साहनीको साइनपाटा सामुदायिक वनको झाडीमा शव फेला परेको प्रहरीले बताएको छ । स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला पारेका हुन् । चार दिनदेखि परिवारको सम्पर्कबाट टाढा रहनुभएका साहनीलाई स्थानीयवासीले हराएकै दिनदेखि खोजी गरिरहेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी सहायक निरीक्षक राजकिशोर यादवले जानकारी दिए ।

मृतक साहनीको परिवारले कसैले हत्या गरेर शव जङ्गलमा फालेको हुन सक्ने आशङ्का व्यक्त गरेको छ । साहनीले एक्कासि घर छोडेर हिँड्नाको कारण भने खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us