जघन्य अपराधका दोषीलाई माफी दिन सकिँदैन–सञ्चारमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ७:३६ मा प्रकाशित

minendra-rijalविराटनगर, ८ वैशाख – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले द्वन्द्व बल्झाउने खालको सत्य निरुपण तथा मेलमिलाप आयोग नआउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता डा रिजालले आयोगमा बेपत्ता नागरिकका परिवारलाई राहत दिने व्यवस्था हुने जानकारी दिए ।

आयोगको विषयमा भइरहेको बहस र छलफलले सरकारले एउटा निश्चित बाटो लिने स्पष्ट पार्दै सञ्चारमन्त्री डा रिजालले जघन्य अपराधका दोषीलाई आयोगमार्फत माफी दिन नसक्ने बताए ।

सञ्चारमन्त्री डा रिजालले प्रायश्चित र पश्चातापको भावना नभए क्षमा मिल्दैन भन्दै सरकार समाज निर्माणको बाटामा अग्रसर भइरहेकाले द्वन्द्वको बाटामा नजाने दृढता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us