ट्याक्टर दुर्घटनामा २ को मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ३:२३ मा प्रकाशित

TheKingdomOfNepal.com: Dolakha District Mapकाठमाण्डु, ८ वैशाख – दोलखाको सहरे गाविस वडा नम्बर ३ को भोर्ले भिरमा भएको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

दोलखाको खिम्तीबाट रामेछापको फुलासी जाँदै गरेको ट्याक्टर दुर्घटनामा ट्याक्टरका चालक महोत्तरको खरमारा घर भएका टीकाबहादुर श्रेष्ठ र रामेछाप गेलुका नीरबहादुर कार्कीको मृत्यु भएको हो ।

ट्याक्टर गयराती करिब ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रामेछाप फुलासी–१ का विनोद श्रेष्ठको ना १ त ८३१२ नम्बरको ट्याक्टर ढाडे सिरिसेमा सामान पुराएर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us