युगकवि सिद्धिचरण पुरस्कार संस्कृतिविद् जोशीलाई

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख – युगकवि सिद्धिचरण प्रतिष्ठानले २०७१ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ आठ दशकदेखि निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, ‘युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार तथा युवाकवि फूलमान बललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कारको राशि क्रमश ५० हजार र १० हजार रहेको छ ।

दुवै पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०३ औँ जन्मजयन्तीका अवसरमा आगामी जेठ ९ गते प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष श्यामदास वैष्णवको अध्यक्षतामा आज बसेको बैठकले जोशी र बललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us