संसदीय समाचार सङ्कलनलाई सहज पार्न मिडिया सेन्टर सुधारिने

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १२:०४ मा प्रकाशित

काठमाडौँ, ७ वैशाख । संविधानसभा सचिवालयले समाचार सङ्कलन र सम्प्रेषणलाई सहज र सरल बनाउन मिडिया सेन्टरलाई सुधार गर्ने भएको छ ।

ललितपुरमा आज सम्पन्न संविधानसभा सचिवालय र सञ्चारकर्मीबीच ‘संसदीय सूचना सङ्कलन सम्प्रेषण  चुनौती र समाधान’ विषयक दुईदिने अन्तक्र्रिया कार्यक्रममा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले विघटित संविधानसभादेखि नै प्रयोगमा ल्याइएको मिडिया सेन्टरका कम्प्युटरलगायतका उपकरणलाई छिट्टै उपयोगमा ल्याइने र पत्रकारका लागि उपलब्ध गराइएको अर्को कक्षमा पनि दुई वटा कम्प्युटर जडान गरिने जानकारी दिए ।

सञ्चारकर्मी र संविधानसभा सचिवालयबीचको सम्बन्धलाई अझ सुदृढ गर्न महिनाको एकपटक भेटघाट कार्यक्रम गर्ने र व्यवस्थापिका–संसद सचिवालयभित्रै पत्रकारका लागि एउटा कोठा उपलब्ध गराइने जानकारी पनि उनले लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us