सत्ताकाे आडमा माउ पार्टी रहेका बेला स्वबियु निर्वाचन गर्न नहुने – बर्तौला

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १२:३५ मा प्रकाशित

rajaram bartaulaकाठमाण्डु, ७ वैशाख – स्वबियु निर्वाचन गर्ने बिषयमा त्रिभुवन बिश्वबिद्यालयले आज सबै बिद्यार्थी संगठनहरुसँग छलफल गरेको छ ।

किर्तिपुरमा भएको छलफलमा नेबि संघ र अनेरास्वबियुले तत्काल निर्वाचन गर्नुपर्ने माग गरेको छ भने अनरास्ववियु क्रान्तिकारी, राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन र नेकपा माओवादी समर्थित बिद्यार्थी संगठनले गृहकार्य गरेर मात्र चुनाव गर्नुपर्ने बताएको छ ।

सत्ताकाे आडमा माउ पार्टी रहेका बेला स्वबियु निर्वाचन गर्न लागेको आरोप लगाउदै राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन
नेपालका अध्यक्ष राजाराम बर्तौलाले हतारमा नभइ गृहकार्य गरेर मात्र चुनाव गर्नुपर्ने बताएका थिए । गत जेठ २३ गते स्वबियु निर्वाचनको मिती तय भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

छलफलमा त्रिबिका उपकुलपति हिराबहादुर मर्हजनले भने स्वबियु निर्वाचनको तयारीमा जुटन् बिद्याथीं संगठनहरुसँग आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us