
कपिलवस्तु, ७ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राज्य पुनःसंरचना नगरी देशमा स्थानीय निकायको निर्वाचन गर्नु सङ्घीयता विरोधी मानसिकताको उपज भएको बताएका छन् ।
अध्यक्ष वैद्यले सरकारले मनोनित गर्ने २६ सभासद् आफूहरु कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै दुवै माओवादीबीच तत्काल पार्टी एकता असम्भव रहेको बताए ।
पुराना कम्युनिष्ट कार्यकर्ता एवम् वामपन्थी नेता खुबिराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न आज कपिलवस्तुको बुड्ढीमा पुगेका उनले पत्रकारसँगको कुराकानीमा वर्तमान संविधानसभाबाट कुनै पनि हालतमा जनताको संविधान नबन्ने दाबी गरे ।
युद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै टुङ्ग्याउनुपर्ने उनको उहाँको भनाइ थियो ।