अञ्चल अस्पतालमा बिरामीको चाप

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते ६:२१ मा प्रकाशित

बागलुङ, ७ वैशाख – गर्मीयाम सुरु भएसँगै धवलागिरि अञ्चल अस्पताल बागलुङमा बिरामीको चाप बढ्न थालेको छ । दूषित हावा तथा पानीका कारण लाग्ने रोगका बिरामीको अस्पतालमा चाप बढेको हो ।

रुघाखोकी, ज्वरो, झाडापखाला, टाइफाइडलगायतका बिरामीको सङ्ख्या बढ्दै गएको अञ्चल अस्पताल बागलुङका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।

हाल अस्पतालमा दैनिक २० देखि ३० जनाको सङ्ख्यामा रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामी आउने गरेका छन् । गर्मीयाममा हावा र पानीका माध्यमबाट सङ्क्रमण हुने रोग बढी मात्रामा लाग्ने हुँदा सन्तुलित भोजन, व्यायाम र आराममा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्य अधिकृत खनालको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us