दुई विधेयकमाथि छलफल सुरु

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १०:०८ मा प्रकाशित

CA-Bicc_2nd-Nepalकाठमाण्डु, ७ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा बेपत्ता भएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७० माथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।

छलफलमा नेपाली काँग्रेसका रमेश लेखकले मुलुकको शान्ति र रुपान्तरणका लागि विधेयक प्रस्तुत भएको तथा यसमा गम्भीर अपराधका घटनामा आममाफीको व्यवस्था नभएको बताए ।

एमाओवादीका अग्नि सापकोटाले विधेयक समग्रमा सकारात्मक भए पनि शान्ति सम्झौताका कतिपय भावनालाई समेट्न नसकेको धारणा राखे । राप्रपा नेपालका कमल थापाले पीडितलाई न्याय दिने प्रकारको कानुनी प्रबन्ध हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us