मंगलबारदेखि इन्धन आपूर्ति सहज हुने

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ३:५७ मा प्रकाशित

nepal-oil-nigam8काठमाण्डु, ६ वैशाख – इन्धन आपूर्ति र वितरण आउँदो मंगलबारदेखि मात्रै सहज हुने नेपाल आयल निगमले जनाएको छ ।

निगमका निमित्त महाप्रबन्धक सागर सत्यालका अनुसार भारतीय आयल कर्पोरेशन आईओसीलाई तिर्न बाँकीमध्ये केही रकम बुझाउन लागिएको छ ।

रकम तिर्ने तयारी भएसँगै हिजोदेखि नै आयात बढेको सत्यालले बताए ।

आईओसीले आपूर्ति कटौती गरेपछि झण्डै एक हप्तादेखि देशैभर इन्धन अभाव चर्किएको छ ।

पेट्रोल, डिजल र मट्टितेलका लागि पेट्रोल पम्पहरुमा उपभोक्ताले घण्टौंसम्म लाईन बस्नुपर्ने बाध्यता छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us