बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते २:२५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख –भिटामिन ए कार्यक्रम अन्तर्गत शनिबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ ।

६ महिनादेखि पाँच वर्षका २४ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक वर्षदेखि पाँच वर्ष सम्मका २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन् । शनिबार छुटेका बालबालिकालाई आइतबार औषधि खुवाइनेछ ।

भिटामिन ए को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले २०५० सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us