नेकपा-माओवादीलाई पनि संविधानसभामा लैजाने – प्रकाशमान

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ६:५१ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – उपप्रधान तथा स्थानियविकाश मन्त्री प्रकाशमान सिंहले संविधानसभामा बाहिर रहेका दलहरुलाई पनि ल्याइने बताएका छन् । काठमाण्डुमा आज भएको कार्यक्रममा उनले संविधानसभा बाहिर रहेका नेकपा-माओवादी सहितका दलहरुलाई पनि समावेश गरिने बताए । वार्तावाट समस्याको समाधान गर्न सकिने भन्दै उनले वार्तामा आउन नेकपा-माओवादी लगायतका दलहरुसँग आग्रह गरे । एक अर्को प्रशंगमा उनले सबैधानिक निकायमा चाँडै पदपुर्ति हुने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us