वीरगन्ज, ६ वैशाख – प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर–४ पुल्चोक बस्ने राजीव शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध नर्फिन १०, डाइजोपाम १० र फेनारगन १० गरी कुल ३० थान इन्जेक्सनसहित उनलाई वीरगन्ज–१९ नगवाबाट पक्राउ गरिएको हो ।
सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका शर्मालाई कानुनी कारबाहीका लागि जिप्रका पर्सामा राखिएको छ ।