सत्य निरुपण आयोगको मस्यौदा संयुक्त रुपमा संशोधन हुनुपर्छ–बोगटी

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ८:०२ मा प्रकाशित

Posta_Bahadur_Bogati.jpgमोरङ, ५ वैशाख – एकीकृत माओवादी साङ्गठानिक सम्मेलन मूल आयोजक समितिका संयोजक पोष्टबहादुर बोगटीले द्वन्द्वकालीन घटनामा मेलमिलापको नीति भए मात्र त्यो राष्ट्रहितमा हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोगटीले गोरखा फुजेल घटनालाई विदेशीको इसारामा उचालेर शान्ति भाँड्ने काम भइरहेको आरोप लगाउँदै सरकार र राजनीतिक दलले मेलमिलापको नीति अवलम्बन नगरे एमाओवादी मात्र हैन अन्य दलका धेरै नेता पनि कारागारमा जाने प्रस्ट पारे ।

उनले फुजेल घटनामा सरकार पक्षपाती भएको आरोप लगाउँदै संसद्मा सत्य निरुपण तथा मेलमिलाप आयोगको मस्यौदा संयुक्तरुपमा संशोधन हुनुपर्छ भने । ‘विस्तुत शान्ति प्रक्रियाअन्तर्गतको सेना समायोजनको प्रक्रिया पूरा भइसकेको छ, अब मेलमिलापको नीति लिएर पीडितलाई क्षतिपूर्तिसहित प्रावधान भएको आयोग बने मात्र शान्ति दिगो शान्ति स्थापना हुन्छ’ बोगटीले सुनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us