जलविद्युत्को क्षेत्रमा लगानी गर्न नर्वे तयार

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ५ वैशाख – नर्वेले स्वच्छ ऊर्जा अर्थात् जलविद्युत्को क्षेत्रमा थप लगानी गर्न तयार रहेको जनाएको छ ।

प्रधानमन्त्री सुशील कोइरालासँग आज उहाँको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा नेपालका लागि नर्वेका राजदूत केजेल टर्मोड पिटर्सनले नेपालको ऊर्जा क्षेत्रमा विद्यमान असहज परिस्थिति कम गर्न चाहेको बताए ।

भेटपछि संक्षिप्त कुरा गर्दै उनले सुशासन, शिक्षा र जलविद्युत् उत्पादनका क्षेत्रमा आफ्नो मुलुकले दिंदै आएको सहायतालाई निरन्तरता दिनेबारेमा प्रधानमन्त्रीलाई अवगत गराएको जानकारी दिए ।

विशेषगरी अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नर्वेको ?ची प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको जानकारी दिँदै उनले त्यसप्रति प्रधानमन्त्री कोइरालाले सकारात्मक जवाफ दिएको बताए ।

आफूह?बीच नेपालको समसामयिक राजनीतिक अवस्था, दुईपक्षीय सम्बन्ध र आपसी हित र साझा चासोका विषयमा विचारविमर्श भएको जानकारी पनि नर्वेली राजदूतले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us