काठमाण्डू, २९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले कुनै कैफियत देखिए कानुनी कारबाही गर्न तर सांसद र मिडियाको उपहास हुनेगरी धम्की नदिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अनुरोध गरेका छन ।
आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले अर्थमन्त्रीको उत्तेजनाले झन् गम्भीर प्रश्न खडा गर्ने आशय व्यक्त गरेको समेत बताएका छन ।
हालै एक कार्यक्रममा मन्त्री वाग्लले पत्रकारहरूलाई माइक्रोसफ्ट वर्ड’ चलाउन नजानेका भन्दै उपहास गरेका थिए भने संसदमा प्रश्न गर्ने सांसदलाई कारबाही गर्ने धम्की समेत दिएका थिए ।
करका दर हेरफेर गरेको र सूचना चुहाएर ठूलो संख्यामा ईभी गाडी भित्र्याउन लगाएको भन्दै अर्थमन्त्रीको आलोचना भइरहेको छ । प्रकरणमा ज्ञवालीले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीप्रति टिप्पणि गरेका हुन् ।