समाचार

समाज कल्याण परिषदमा म्याद नसकिदै करार नियुक्ति

२०७१ जेठ ६ गते १०:२०

काठमाण्डु, ६ जेठ– समाज कल्याण परिषदमा विगतमा जस्तै अहिले पनि विभिन्न किसिमका चलखेलहरु भइरहेको जानकारी बाहिर आएका छन् । यही वैशाख २५ र २६ गते बसेको समाज कल्याण परिषद्को कार्यसमिति बैठकले जेठ १२ गते म्याद सकिन लागेका निर्देशक मदन रिमाललाई २ वर्षको करारमा नियुक्त गरेको छ...

नब्बे हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा

२०७१ जेठ ६ गते ९:१७

झापा, ६ जेठ – नेपालमा रहेका ९० हजार भुटानी शरणार्थी पुनर्वास योजनाअन्तर्गत तेस्रो मुलुक गएको संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले जनाएको छ । सन् २००७ देखि अन्तर्राष्ट्रि«य आप्रवास कार्यक्रममार्फत अमेरिका तथ युरोपेली मुलुकमा भुटानी शरणार्थी नेपालस्थित शरणार्थी शिविरबाट तेस्रो मुलुक जान थालेका हुन् ।...

दिलशोभामाथि लागेको ‘यौन दुराचार’ को आरोप गलत

२०७१ जेठ ६ गते ६:२०

काठमाण्डु, ६ जेठ– आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचार को आरोप झुटो सावित भएको छ । प्रहरी अनुसन्धानले उनीमाथिको आरोप गलत सावित गरेको हो । नागरिक दैनिकले दिलशोभाको आश्रममा यौन शोषण हुने गरेको समाचार प्रकाशित गरेपछि प्रहरीले केही महिनाअघि आमा घरमा छापा मारेको...

तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउन माग

२०७१ जेठ ६ गते ५:३८

काठमाण्डु, ६ जेठ– काँग्रेसनिकट नेविसंघ र एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेका छन् । काठमाण्डुको शंकरदेव क्याम्पसमा मंगलबार भएको संयुक्त कार्यक्रममा नेविसंघ र अखिलका नेताले स्ववियु निर्वाचन तोकिएको मितिमा गराउन त्रिवि प्रशासनसमक्ष माग गरेका हुन् । नेविसंघ...

करेन्ट लागेर एकको मृत्यु

२०७१ जेठ ६ गते ४:५६

चितवन, ६ जेठ– भरतपुर नगरपालिका–७ कृष्णपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल नजिकै डेरा गरी बस्ने ३५ वर्षीय जिवन धितालको करेन्ट लागेर मृत्यु भएको हो । डेरानजिकैको  पोलमा छोएपछि उनलाई करेण्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका धितालको...

भोटिङबाट विवाद समाधान गर्न काँग्रेसले मानेन

२०७१ जेठ ६ गते ४:२९

काठमाण्डु, ६  जेठ – न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा मंगलबार पनि दलहरुबीच विवाद भएको छ । न्यायपरिषदलाई पठाउने पत्रको भाषालाई लिएर संसदीय सुनुवाई विशेष समितिमा सभासदहरुबीच चर्काचर्की भएको छ । समितिको सोमबारको बैठकले सर्वोच्चमा आठ अस्थायी न्यायाधीश नियुक्तिको सिफारिसको आधार र कारणबारे...

भाइले लगाए दाजुको घरमा पेट्रोल छर्केर आगो

२०७१ जेठ ६ गते ४:२७

नेपालगञ्ज, ६ जेठ– बाँकेको जैसपुर –१ मा भाईले आफ्नै सहोदर जादुको घरमा आगो लगाएर भाउजुसहित उनका तीन बालबालिकाको हत्या प्रयास गरेका छन् । स्थानीय २३ वर्षीय सद्धाम नाउले भाउजुसहित उनका तीन छोराछोरी घरमा सुतिरहेका बेला बाहिरबाट ढोका लगाई पेट्रोल छर्किएर आगो लगाएका हुन् ।...

खाली झोला र कलम बोकेर विद्यालय जान्छन् विद्यार्थी

२०७१ जेठ ६ गते ४:०७

सप्तरी, ६ जेठ– नयाँ शैक्षिकसत्र सुरु भएको एक महिना बितिसक्दा समेत कक्षा ९ र १० मा पढ्ने सप्तरीका अधिकांश विद्यार्थीले पाठयपुस्तक पाएका छैनन् । समयमै पाठयपुस्तक नपाउँदा सबैभन्दा बढी यसै वर्ष एसएलसी परीक्षा दिने विद्यार्थी मर्कामा परेका छन् । कक्षा ९ र १० को...

सडक दुर्घटना रोक्न जाँचमा कडाइ

२०७१ जेठ ६ गते २:०४

खोटाङ, ६ जेठ– जिल्ला प्रहरी कार्यालय खोटाङले सवारी दुर्घटना न्यूनीकरण गर्न जाँचमा कडाइ गरेको छ । सदरमुकाम दिक्तेल आसपास क्षेत्रमा मादकपदार्थ सेवन गरेर र बिनाअनुमतिपत्र सवारीसाधन चलाउनेको सङ्ख्या बढेपछि सम्भावित दुर्घटना नियन्त्रण गर्न जाँचमा कडाइ गरिएको प्रहरी निरीक्षक रमेश देवले जानकारी दिए । प्रहरीका...

अस्पतालमा उपचारसँगै पर्न थाल्यो उजुरी

२०७१ जेठ ६ गते १:५८

दाङ, ६ जेठ– राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सञ्चालन भएको महिला पुन: स्थापना एकद्वार प्रणालीमा उपचारसँगै न्यायको माग गरेर उजुरी आउने गरेका छन् । अस्पतालमा स्थापना एकद्वार प्रणालीे सञ्चालनमा आएपछि उपचारसँगै न्यायको माग माग उजुरी परेका हुन् । चालु  आर्थिक वर्षको अवधिमा त्यहाँ २ सयभन्दा...

सर्वोच्चले पूर्वराजालाई सभासद बनाउन खोज्यो: कानुनविद

२०७१ जेठ ५ गते १४:५९

काठमाण्डु, ५ जेठ– २६ सभासद् मनोनयन सम्बन्धमा सर्वोच्च अदालतको आदेशले राजनीतिक विषयहरूमा पनि हस्तक्षेप हुन थालेको सहभागी वक्ताहरूले बताएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसनले सोमबार राजधानीमा गरेको ‘संविधानसभाको पूर्णताका लागि २६ सभासद्को मनोनयन’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले मनोनित हुने व्यक्ति कुनै न कुनै राजनीतिक...

एमाओवादीमा केन्द्रीय समिति ठूलो नबनाउन दबाब

२०७१ जेठ ५ गते १४:५०

काठमाण्डु, ५ जेठ–  एकीकृत माओवादीका केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति दुई अङ्कभन्दा बढीको नबनाउन नेतृत्वलाई दबाब दिएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले विगतमा पार्टी संगठन भद्दा भएका कारण कामकारबाही प्रभावित भएको भन्दै चुस्त कमिटी बनाउन सुझाव दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us