नब्बे हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ९:१७ मा प्रकाशित

झापा, ६ जेठ – नेपालमा रहेका ९० हजार भुटानी शरणार्थी पुनर्वास योजनाअन्तर्गत तेस्रो मुलुक गएको संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले जनाएको छ ।

सन् २००७ देखि अन्तर्राष्ट्रि«य आप्रवास कार्यक्रममार्फत अमेरिका तथ युरोपेली मुलुकमा भुटानी शरणार्थी नेपालस्थित शरणार्थी शिविरबाट तेस्रो मुलुक जान थालेका हुन् । दमकस्थित युएनएचसिआरको उपशाखा कार्यालयका अनुसार आज काठमाडौँबाट ९० हजारौँ शरणार्थीका रुपमा दमक बेलडाँगीका ११ वर्षीय सुमन तामाङ क्यानडाको टोरेन्टो उडेका छन् । उनीसँग उनका बुबा, आमा र एकजना दाजु पनि क्यानडा गएका छन् ।

युनएचसिआरको काठमाडौँस्थित कार्यालयले दिएको जानकारीअनुसार अब झापा र मोरङमा २७ हजार शरणार्थी मात्र छन् । तीमध्ये २१ हजारले युएनएचसीआरमा तेस्रो मुलुकमा आप्रवासका लागि मञ्जुरीपत्र दर्ता गराइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us