समाचार

एमाले बरिष्ठ नेता नेपाल ‘डिस्चार्ज’

२०७१ जेठ ७ गते ६:४१

काठमाण्डु, ७ जेठ – एमाले बरिष्ठ नेता माधवकुमार नेपाल एक हप्ता लामो उपचारपछि बुधबार बिहान ‘डिस्चार्ज’ भएका छन् । नेता नेपालल अचानक ज्वरो आएर जिउ दुखेपछि बैशाख ३१ गते देखि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकहरुले डिस्चार्जका क्रममा धुलो, धुवाँ र...

प्रधानमन्त्री कोइरालालाई मोदीको निम्तो

२०७१ जेठ ७ गते ६:३०

काठमाण्डु, ७ जेठ– प्रधानमन्त्री सुशील कोइरालालाई भारत भ्रमणको निम्तो आएको छ । प्रधानमन्त्रीको सपथ लिन लागेका नरेन्द्र मोदीले कोइरालालाई सपथ समारोहमा बोलाएका हुन् । मोदीले आगामी सोमबार राष्ट्रपति प्रणव मुखर्जीबाट प्रधानमन्त्रीको सपथ लिंदैछन् । मोदीले कोइरालासहित दक्षिण एसियाली मुलुकका सबै सरकार प्रमुखलाई निम्ता पठाएका...

मेची राजमार्ग ठप्प, यात्रु अलपत्र

२०७१ जेठ ७ गते ५:५४

इलाम, ७ जेठ – संविधानसभाको निर्वाचनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आज मेची राजमार्ग बन्दको आह्वान गरेको छ । बन्दका कारण राजमार्गमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । बन्दका कारण ताप्लेजुङ, इलाम,...

माधव नेपालको क्षेत्रमा काँग्रेसले तोक्यो उम्मेदवार

२०७१ जेठ ७ गते ५:४४

काठमाण्डु, ७ जेठ– नेपाली काँग्रेसले काठमाण्डु–२ को उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नम्बर–२ काठमाण्डुले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो । महासमिति सदस्य दीपक कुइँकेल, क्षेत्रीय सभापति उपेन्द्र कार्की हरिशचन्द्र श्रेठको नाम सिफारिस गरिएको हो ।...

स्ववियु निर्वाचनविरोधी विद्यार्थीले लगाए रेक्टरको गाडीमा आगो (फोटोफिचरसहित)

२०७१ जेठ ७ गते ५:०८

 काठमाण्डु, ७ जेठ– अज्ञात समूहले काठमाण्डुको अनामनगरमा एउटा गाडीमा आगजनी गरेको छ । काठमाण्डु, ७ जेठ– स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विपक्षमा रहेका विद्यार्थी संगठनहरुले काठमाण्डुमा त्रिभुवन विश्वविद्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । संयुक्त विद्यार्थी संगठनका कार्यकर्ताले त्रिविका गुणनिधि न्यौपाने सवार बा १० च...

विद्यालयमा गाईगोठ

२०७१ जेठ ७ गते ३:१८

जाजरकोट, ७ जेठ– जाजरकोटको एक उच्च माविलाई गाईगोरु बााध्ने गोठ बनाएको खुलासा भएको छ । सदरमुकामसँग जोडिएको जिल्लाको जगतिपुर–१ मा रहेको शिवशङ्कर उच्च माविमा गाई र गोरु बााध्ने गोठ बनाएको पाइएको हो । विद्यालयमा गाईगोठ बनाउँदा अन्य कक्षा कोठामा २ कक्षाका विद्यार्थीलाई एकै ठाउँमा...

प्रस्तावित न्यायाधीशलाई समितिले बोलायो

२०७१ जेठ ७ गते २:४३

काठमाण्डु, ७ जेठ– लामो विवाद र रस्साकस्सीपछि अन्तत: संसदीय सुनुवाई विशेष समितिले न्यायापरिषदले सिफारिस गरेका सर्वोच्च अदालतका ८ प्रस्तावित न्यायाधीशलाई बोलाउने भएको छ । समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले प्रस्तावित ८ न्यायाधीशलाई आगामी ९ जेठमा सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । अधिकांश भ्रष्ट...

केन्द्रीय समिति विस्तारप्रति भट्टराई असन्तुष्ट

२०७१ जेठ ७ गते २:३४

काठमाण्डु, ७ जेठ–  एकीकृत माओवादी नेता बाबुराम भट्टराईले मंगलबार विस्तार गरिएको केन्द्रीय समितिप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो सहमतिमा केन्द्रीय समिति विस्तार गरेको र आफू उपाध्यक्ष बस्न सहमत भएको भन्ने समाचारको खण्डन गरेका छन् । आज घोषित १४९ सदस्यीय केन्द्रीय समिति मेरो सहमतिमा...

एकीकृत माओवादीको सांगठनिक विवाद मिल्यो

२०७१ जेठ ६ गते १२:३५

काठमाण्डु, ६ जेठ–  एकीकृत माओवादीमा विराटनगर राष्ट्रिय सम्मेलनपछि उत्पन्न सांगठनिक समस्या तत्कालका लागि समाधान भएको छ । असन्तुष्ट बाबुराम भट्टराई पक्षको मागअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय बन्ने भएपछि एमाओवादी विवाद तत्कालका लागि मिलेको हो । विराटनगर सम्मेलनले १ सय ५१ सदस्यीय केन्द्रीय...

चट्याङ लागेर मृत्यु

२०७१ जेठ ६ गते १२:२४

झापा , ६  जेठ – राजगढ–२ बस्ने ४० बर्षीय महम्मोदद्धिन काटुमियाको चट्याङ लागेर मृत्यु भएको छ । मङगलबार  घर नजिकै अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । दोलखा – बाबर–१ बस्ने २२ बर्षीया अमिमाया थामीको चट्याङ लागेर मृत्यु भएको छ ।...

प्रचण्डले दिए राजनाथ सिंहलाई बधाइ

२०७१ जेठ ६ गते १२:१६

काठमाण्डु, ६ जेठ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लोकसभा चुनावमा पाएको अभूतपूर्व सफलताका लागि भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहलाई बधाइ दिएका छन् । प्रचण्डले पत्र पठाएर सिंहलाई बधाइ दिएका हुन् । बीजेपीको नयाँ सरकारलाई सफलताको शुभकामना दिँदै प्रचण्डले दुई देश र पार्टीबीचको सम्वन्ध नयाँ...

श्रीमतीले मारिन् श्रीमान

२०७१ जेठ ६ गते ११:५७

खोटाङ, जेठ ६– आफ्नै श्रीमानलाई मारेको अभियोगमा बाम्राङ गाविस–३ बस्ने ३२ बर्षीया तस्वीरा राईलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार घरायसी विवादमा उनका ४० बर्षीय श्रीमान अम्मर राईले घरको टेलिभिजन फुटाएपछि उक्त टेलिभिजनको सिसाले अभियुक्त तस्वीराले श्रीमानको घाँटीमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us