
खोटाङ, जेठ ६– आफ्नै श्रीमानलाई मारेको अभियोगमा बाम्राङ गाविस–३ बस्ने ३२ बर्षीया तस्वीरा राईलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार घरायसी विवादमा उनका ४० बर्षीय श्रीमान अम्मर राईले घरको टेलिभिजन फुटाएपछि उक्त टेलिभिजनको सिसाले अभियुक्त तस्वीराले श्रीमानको घाँटीमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।