
झापा , ६ जेठ – राजगढ–२ बस्ने ४० बर्षीय महम्मोदद्धिन काटुमियाको चट्याङ लागेर मृत्यु भएको छ । मङगलबार घर नजिकै अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
दोलखा – बाबर–१ बस्ने २२ बर्षीया अमिमाया थामीको चट्याङ लागेर मृत्यु भएको छ । जेठ ५ गते चट्याङ लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सिंगटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।