एमाले बरिष्ठ नेता नेपाल ‘डिस्चार्ज’

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ६:४१ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – एमाले बरिष्ठ नेता माधवकुमार नेपाल एक हप्ता लामो उपचारपछि बुधबार बिहान ‘डिस्चार्ज’ भएका छन् ।

madhav nepalनेता नेपालल अचानक ज्वरो आएर जिउ दुखेपछि बैशाख ३१ गते देखि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए ।

उपचारमा संलग्न चिकित्सकहरुले डिस्चार्जका क्रममा धुलो, धुवाँ र रुघाखोकी लाग्न नदिन विशेष सर्तकता अपनाउन नेपाललाई सुझाव दिएका छन् ।

बिरामी परेपछि वीर अस्पतालमा भर्ना भएका वरिष्ठ नेता नेपाललाई न्यू आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको उपचारमा डा एइन अन्सारीको नेतृत्वको चिकित्सकको टोली खटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us