मेची राजमार्ग ठप्प, यात्रु अलपत्र

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ५:५४ मा प्रकाशित

इलाम, ७ जेठ – संविधानसभाको निर्वाचनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आज मेची राजमार्ग बन्दको आह्वान गरेको छ ।

बन्दका कारण राजमार्गमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । बन्दका कारण ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सवारी नचल्दा यात्रुहरू मर्कामा परेका छन् ।

एमाओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका ध्रुव मादेन, विप्चन आङबोहाङ, विपेन्द्र लिम्बू, ख्यामलाल लिम्बू र लक्की थेवेलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

झुटो आरोप लगाई आफ्ना कार्यकर्ता पक्राउको विरोधमा परिषद्ले राजमार्ग बन्दको आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us