विद्यालयमा गाईगोठ

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ३:१८ मा प्रकाशित

जाजरकोट, ७ जेठ– जाजरकोटको एक उच्च माविलाई गाईगोरु बााध्ने गोठ बनाएको खुलासा भएको छ ।
सदरमुकामसँग जोडिएको जिल्लाको जगतिपुर–१ मा रहेको शिवशङ्कर उच्च माविमा गाई र गोरु बााध्ने गोठ बनाएको पाइएको हो । विद्यालयमा गाईगोठ बनाउँदा अन्य कक्षा कोठामा २ कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर बहुकक्षा शिक्षण गर्ने गरेको पाइएको छ ।

गत आर्थिक वर्ष गाविसको रु तीन लाख ९१ हजार बजेटबाट निर्माण गरिएको सो भवनमा गाईगोरु हुल्ने गोठ बनाएको छ । विसं २०१७ मा स्थापना गरिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने गरिएको छ । विद्यालयको नवनिर्मित भवनमा गाउालेले गाई र गोरु हुल्ने गरेको पाए पनि विद्यालय परिवार भने टुलुटुलु हेर्नुबाहेक अरू विकल्प नभएको प्राचार्य रामलाल आर्चायले बताए ।

विद्यालयको वरपर विद्यार्थीभन्दा गोरु र गाईले पढाइलाई प्रभावित बनाएको कक्षा १० का विद्यार्थी टङ्क हमालले बताए ।

विद्यालयका शौचालयमा पनि गोरु नै बाँधिएका कारण विद्यार्थीहले शौचालय प्रयोग गर्न पाएका छ्रैन । खानेपानी नभएका कारण विद्यालयका अधिकांश शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन् । यो जगतिपुर गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको छ । विद्यार्थीहरुले आ–आफ्नो घरबाट पिउने पानी बोटलमा बोकेर ल्याउने गरेको शिक्षकहरु बताउाछन् ।

विद्यालयमा खानेपानीका धारा भए पनि स्थानीयले धाराको पाइप चोरेर लिएका कारण धारामा पानि आउन छाडेको प्राचार्य आचार्यले बताए । धारामा राखेको प्लास्टिक पाइप तीनपटकसम्म चोरी भएको कारण विद्यालय पानी खानबाट वञ्चित हुनु परेको हो । पानी पिउन नपाउादा कयाौ पटक विद्यार्थी बेहोस भएको आचार्यको भनाइ छ ।

जगतिपुर गाविसभित्र पानीका मुहान नभएका कारण छिमेकी पुन्मा गाविसबाट पानी विद्यालयमा ल्याउनुपर्ने अवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us