स्ववियु निर्वाचनविरोधी विद्यार्थीले लगाए रेक्टरको गाडीमा आगो (फोटोफिचरसहित)

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ५:०८ मा प्रकाशित

 काठमाण्डु, ७ जेठ– अज्ञात समूहले काठमाण्डुको अनामनगरमा एउटा गाडीमा आगजनी गरेको छ ।

aglagiकाठमाण्डु, ७ जेठ– स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विपक्षमा रहेका विद्यार्थी संगठनहरुले काठमाण्डुमा त्रिभुवन विश्वविद्यालयको एउटा गाडीमा आगजनी गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनका कार्यकर्ताले त्रिविका गुणनिधि न्यौपाने सवार बा १० च ४३८० नम्बरको गाडी मदन भण्डारी मेमोरियल कलेज नजिकै पेट्रोल छर्किएर जलाएका हुन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

बिहान करिब साढे १० बजेको समयमा मोटरसाइकलमा आएका चार जनाले गाडीमा सवार न्यौपानेलाई ओरालेर आगो लगाएका हुन् । गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनास्थल महानगरीय प्रहरी विट हनुमानस्थानबाट करिब २ सय मिटरको दूरीमा छ ।

संयुक्त विद्यार्थी संघर्ष समितिमा रहेको एक घटकका अध्यक्षले आफूहरुको सहमतिविपरीत सत्ताधारी दल सम्बद्ध विद्यार्थी संगठनसँगको सहमतिमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन घोषणा गरेकाले विरोधस्वरुप आगजनी गरिएको काठमाण्डु टुडेलाई बताए ।

त्रिविले आगामी जेठ १८ गतेका लागि निर्वाचन मिति तोकेको छ । काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियुसहित केही संगठन निर्वाचनको पक्षमा छन् ।

एकीकृत माओवादी र नेकपा–माओवादी सम्वद्ध अखिल क्रान्तिकारी, मधेस केन्द्रित र जनजाति विद्यार्थी संगठनसहित १८ वटा संगठन निर्वाचनको विरोधमा छन् । निर्वाचन कार्यक्रम भोलिदेखि सुरु हुँदैछ ।

 

 

10308740_10202750576980018_9088429149077043232_n

10313053_10202750579660085_1150013202665205756_n

ag 3

aglagi

10325426_10202750581420129_3607869237851467759_n

10363936_10202750576139997_3895104341006639205_n

ag 2

10403113_10202750576420004_3251866911784277531_n

ag 3

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us