समाचार

पशुपतिमा विशेष पूजा सुरु

२०७१ जेठ ८ गते ९:२३

काठमाण्डु, ८ जेठ– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा रु एक हजार १०० देखि रु ५६ हजारसम्मको पूजा ४१ वटा तथा वासुकी मन्दिरमा रु एकहजार १०० दरको आठवटा विशेष पूजा आजदेखि सञ्चालन भएको जनाएको छ । गत चैत २६ गतेदेखि विशेष पूजामा दक्षिणा वृद्धिको...

वामदेवका अर्का नक्कली ‘पीए’ समातिए

२०७१ जेठ ८ गते ९:०८

काठमाण्डु, ८ जेठ – गृहमन्त्री वामदेव गौतमका निजी सहयोगी बताउने एक युवक बुधबार राति काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौंको ठमेलका होटलहरुमा आफूलाई गृहमन्त्री गौतमको पीए बताउँदै ती व्यक्तिले पैसा असुलेको प्रहरीको आरोप छ । बर्दियाको सोराहा गाविस वडा नं २ निवासी टीकाराम घिमिरे नाम...

प्रधानमन्त्री कोइराला भारत जाने

२०७१ जेठ ८ गते ९:०१

काठमाण्डु, ८ जेठ – प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो स्विकार्दै सोमबार भारत जाने भएका छन् । मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली जाने भएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण तय गरेको हो । भारतको लोकसभा...

आजैदेखि इन्धन अभाव सहज हुने

२०७१ जेठ ८ गते ४:५६

काठमाण्डु, ८ जेठ – नेपाल आयल निगमले राजधानी लगायत मुलुकका केही शहरमा देखिएको इन्धन अभाव विहिवारबाट सहज हुने जनाएको छ । भारतमा लोकसभा चुनावका कारण रक्सौलमा तेल अभाव हुदा त्यसको असर नेपालमा देखिए पनि बिहिबारबाट इन्धन सहज हुने निगमको भनाइ छ । थानकोट डिपोबाट...

प्रेस युनियनमा चुनावी रन्को, उम्मेदवारलाई टिका प्रथाको डर

२०७१ जेठ ८ गते ४:२९

काठमाण्डु, ८ जेठ – नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनलाई चुनावी रन्को लागेको छ । असार १ र २ गते पोखरामा हुने महाधिवेशनबाट नेतृत्व लिनका लागि आंकाक्षीले प्रचार अभियान तिव्र पारेका छन् । केन्द्रीय नेतृत्वका लागि ठूलै प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा वर्तमान...

बूढीगण्डकीमा एक युवक बेपत्ता

२०७१ जेठ ८ गते ३:४८

गोरखा, ८ जेठ – गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी नदीमा डुबेर बुधबार एक युवक बेपत्ता भएका छन् । बुधबार बिहान नदीमा मुख धुने क्रममा दर्बुङ गाउँ विकास समिति–६, दर्बुङटारमा अमन बज्राचार्य बेपत्ता भएका हुन् । ललितपुरका २१ वर्षीय बज्राचार्य घुम्नका लागि घ्याल्चोक गाविसमा...

ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०७१ जेठ ८ गते ३:०१

चितवन, ८ जेठ – चितवनको नारायणगढीस्थित पुल्चोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । राति पोखराबसपार्कबाट पुलचोकतर्फ आउँदै गरेका बेला ट्रकको ठक्करबाट भरतपुरकी २५ वर्षीया पवित्रा मगरको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा बसपार्कबाट पुलचोकतर्फ आउँदै गरेको ना१६प ३४८० नम्बरको स्कुटरलाई...

संविधानसभा बैठक आज बस्दै

२०७१ जेठ ८ गते २:४५

काठमाण्डु, ८ जेठ –संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा अघिल्लो संविधानसभाको राष्ट्रिय हितको संरक्षण समितिको असहमतिको प्रतिवेदनमाथि छलफल हुने भएको छ । १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने भन्ने प्रस्ताव संविधानसभामा असहमतिको सूचीमा रहेको छ ।...

राजनीतिक संवाद समितिको बैठक जारी

२०७१ जेठ ८ गते २:३४

काठमाण्डु, जेठ –संविधानसभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आजदेखि संविधानका विवादित बिषयमा छलफल गर्दैछ । विघटित संविधानसभाका बिषयगत समितिका प्रतिदेनमा रहेका विवाद समितिमा आइपुगेपछि औपचारिक छलफलले प्रवेश पाउनेछ । सिंहदरवारमा अहिले चलिरहेको बैठकमा असहमतिका बिषयलाई सहमतिमा पु¥याउने पक्रियाका बिषयामा छलफल जारी छ ।...

बोर्डिङमा भन्दा सामुदायिकमा विद्यार्थीको चाप बढ्दो

२०७१ जेठ ८ गते १:५५

वीरगन्ज ८ जेठ –अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्न थालेपछि वीरगन्जमा रहेका बोर्डिङ स्कुलका विद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । सामुदायिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका क्रममा छात्रवृत्ति पाउनेलगायतका अन्य अवसरको पनि सम्भावना बढी हुने भएकाले पनि निजी विद्यालयका विद्यार्थीहरु...

अबदेखि प्रहरीले मुसुक्क हाँसेर सेवा दिने

२०७१ जेठ ७ गते १५:१७

काठमाण्डु, ७ जेठ– प्रहरीले देशभर एकैसाथ मुस्कानसहितको प्रहरी सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल पुलिस क्लब भृकुटीमण्डमा आयोजित एक कार्यक्रमबीच बुधबार उद्घाटन गरे । रुखो बोली र व्यवहारका कारण प्रहरी जनताबाट टाढिएको जनगुनासो आएपछि प्रधान कार्यालयले मुस्कानसहितको...

दबाब आए पद त्याग्ने प्रधानमन्त्रीको चेतावनी

२०७१ जेठ ७ गते १५:०४

ललितपुर, ७ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारमाथि थप दबाब आए एक दिन पनि सरकारमा नबस्ने चेतावनी दिएका छन् । पूर्वसांसद मञ्चले बुधबार ललितपुरमा गरेको कार्यक्रममा उनले धेरै दबाब नदिन आग्रह गर्दै दबाब आइरहे सरकार छाड्ने बताएका हुन् । आफू कुर्सीमा टाँसिरहने मनस्थितिका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us