प्रधानमन्त्री कोइराला भारत जाने

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो स्विकार्दै सोमबार भारत जाने भएका छन् ।

Sushil-Koiralaमोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली जाने भएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण तय गरेको हो ।

भारतको लोकसभा चुनावमा बहुमत पाएको भारतीय जनता पार्टीको संसदीय दलका नेता मोदीले २६ मे मा सपथ लिदैछन् । मोदीको सपथ ग्रहण समारोहमा सार्क मुलुकका सरकार प्रमुखहरुलाई निम्तो दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us