कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो: गगन थापा

काठमाण्डु टुडे २०८३ असार ७ गते १८:३२ मा प्रकाशित

काठमाण्डू, ७ असार– कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुश्मन नभएको बताएका छन् । आज (आइतबार) रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले यस्तो बताएका हुन । उनले भने, ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन ।

हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए ।

‘तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us