ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ३:०१ मा प्रकाशित

चितवन, ८ जेठ – चितवनको नारायणगढीस्थित पुल्चोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

राति पोखराबसपार्कबाट पुलचोकतर्फ आउँदै गरेका बेला ट्रकको ठक्करबाट भरतपुरकी २५ वर्षीया पवित्रा मगरको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा बसपार्कबाट पुलचोकतर्फ आउँदै गरेको ना१६प ३४८० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us