संविधानसभा बैठक आज बस्दै

काठमाण्डु टुडे २०७१ जेठ ८ गते २:४५ मा प्रकाशित

ca houseकाठमाण्डु, ८ जेठ –संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा अघिल्लो संविधानसभाको राष्ट्रिय हितको संरक्षण समितिको असहमतिको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

१८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने भन्ने प्रस्ताव संविधानसभामा असहमतिको सूचीमा रहेको छ । सैन्य तालिममा एनेकपा माओवादी बाहेकका राजनीतिक दलहरुले विरोध जनाएका छन् ।

दिउसो १ बजेपछि बस्ने आजको बैठकमा उक्त समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ ।

सहमतिका विषय भने हिजो नै मस्यौदा समितिमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us