
काठमाण्डु, जेठ –संविधानसभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आजदेखि संविधानका विवादित बिषयमा छलफल गर्दैछ ।
विघटित संविधानसभाका बिषयगत समितिका प्रतिदेनमा रहेका विवाद समितिमा आइपुगेपछि औपचारिक छलफलले प्रवेश पाउनेछ । सिंहदरवारमा अहिले चलिरहेको बैठकमा असहमतिका बिषयलाई सहमतिमा पु¥याउने पक्रियाका बिषयामा छलफल जारी छ ।
समितिले विवाद समाधान गरेपछि संविधान मस्यौदा निर्माणको कामले गति पाउने छ ।
संविधानसभाको पूर्ण बैठकले बुधबार तत्कालिन राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन सहमतिका लागि निर्देशन सहित संवाद समितिमा पठाएको थियो ।