समाचार

पूर्वसैनिकद्धारा २६ मा ४ सभासद माग

२०७१ जेठ ७ गते १४:५४

काठमाण्डु, ७ जेठ– पूर्वभारतीय, बेलायती, सिंगापुर तथा नेपालकापूर्व सेना र प्रहरीहरुको साझा संगठन पूर्वसैनिक कल्याणकारी महासंघले संविधानसभामा परिषदबाट मनोनित हुने २६ मध्ये ४ सभासद आफूहरुबाट मनोनित गर्नुपर्ने माग अघि सारेको छ । बुधवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर महासंघले २५ लाख सदस्य रहेको महासंघ...

प्रचण्ड भन्छन्, ‘भ्रष्टाचारले क्यान्सरको रुप लियो’

२०७१ जेठ ७ गते १४:१८

काठमाण्डु, ७ जेठ–  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेमुलुकमा भ्रष्टाचार क्यान्सरको रुपमा मौलाएको बताएका छन् । भ्रष्टाचार रबेथिती अन्त्यका लागि अभियान चलाउन जरुरी भएको उनले बताए । नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार रअनियमितता भएको भन्दै आन्दोलनरत संयुक्त पर्यटन व्यवसायी समन्वय समितिकापदाधिकारीहरूलाई सम्बोधन गर्दै प्रचण्डले...

राप्रपा विवाद चर्कियो, सात नेताद्वारा जिम्मेवारी अस्वीकार

२०७१ जेठ ७ गते १४:१०

काठमाण्डु, ७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सात प्रभावशाली नेताले अध्यक्ष सूर्यबहादुर थापाले तोकेको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । एक वर्षे पदावधि सकिनै लाग्दा पार्टीभित्र छलफल नै नगरी जम्मेवारी तेकिएको भन्दै उनीहरुले उक्त जिम्मेवारी नलिने बताएका हुन । थापाले बुद्धिजिवी संगठनको प्रमुखमा नेता लोकेन्द्रबहादुर...

सानोठिमी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

२०७१ जेठ ७ गते १३:०५

भक्तपुर, ७ जेठ – यही जेठ १८ गतेलाई तोकिएको स्ववियुको निर्वाचन सार्नुपर्ने माग गर्दै १९ विद्यार्थी सङ्गठनले आज सानोठिमी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीको नेतृत्वमा १९ विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको अखिल क्रान्तिकारी सानोठिमी क्याम्पसका सुवास ढकालले बताए । नेविसङ्घ र अनेरास्ववियुले...

बस दुर्घटनामा २३ घाइते

२०७१ जेठ ७ गते १२:५६

चितवन, ७ जेठ – पश्चिम चितवनको मेघौली गाउँ विकास समिति–७ गौतम नगरमा वुधबार दिउँसो यात्रुबाहक बस दुर्घटना हँुदा २३ जना घाइते भएका छन् । गोलाघाटबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख १५४७ बस आफैं सडक छेउ पल्ँिटदा २३ जना घाइते भएका हुन् । घाइतेहरुको...

दुई माओवादी मिल्नुको विकल्प छैन: प्रचण्ड

२०७१ जेठ ७ गते १२:१८

काठमाण्डु, ७ जेठ– एकीकृत माअ‍ेवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बेपत्ता स्मृति दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा उनले दुई पार्टीबीच एकता नभए परिवर्तन संस्थागत हुन नसक्ने बताए ।...

विश्वेन्द्र पासवानको पार्टी विभाजित

२०७१ जेठ ७ गते ११:५०

काठमाण्डु, ७ जेठ– विश्वेन्द्र पासवानले नेतृत्व गरेको दलित जनजाति पार्टी विभाजित भएको छ । दोस्रो संविधानसभामा पार्टी विभाजन भएको यो पहिलोपटक हो । पासवानको पार्टीकी सभासद यशोदाकुमारी लामाले पार्टी विभाजन गरी बुधबार संसद सचिवालयमा नयाँ दल दर्ताको आवेदन दिएकी हुन् । उनले आफ्नै अध्यक्षमा...

भाजपा नेतालाई भ्रष्टाचारी भनेपछि केजरिवाल जेलमा

२०७१ जेठ ७ गते ११:३५

काठमाण्डु, ७ जेठ– भारतको आम आदमी पार्टीका संयोजक अरविन्द्र केजरीवाल पक्राउ परेका छन् । भारतीय जनता पार्टीका नेता नितिन गड्करीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै प्रहरीले केजरिवाललाई पक्रेको हो । दिल्लीका पूर्वमुख्यमन्त्री समेत रहेका उनीविरुद्ध मानहानी अभियोगमा मुद्दा चलाउने तयारी भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दर्ै...

न्यायाधीशविरुद्ध उजुरी दिनेसँग छलफल जारी

२०७१ जेठ ७ गते ११:२६

काठमाण्डु, ७ जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषदले सर्वोच्च अदालतका लागि प्रस्तावित गरेका ८ न्यायाधीशविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल गरिरको छ । सिंहदरबारमा जारी छलफलमा ६ उजुरीकर्ता सहभागी छन् । प्रस्तावित ८ मध्ये ६ जनाविरुद्ध २२ जनाले उजुरी दिए पनि ६ जनामात्र समितिमा...

देशभर तापक्रम बढ्यो , नेपालगन्जमा ४३ डिग्री सेल्सियस

२०७१ जेठ ७ गते ९:५२

काठमाण्डु , ७ जेठ – सुक्खायाम सुरुभएसँगै मुलुकभरको तापक्रम बढ्ने क्रममा रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकालगायत दिपायल, नेपालगन्ज, धनगढी, भैरहवा विराटनगर क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् राजाराम ढकालले जानकारी दिए । उनका अनुसार काठमाडौँको आजको तापक्रम ३१ डिग्री सेल्सियस,...

एमाले महासचिव अस्पताल भर्ना

२०७१ जेठ ७ गते ९:२२

काठमाण्डु, ७ जेठ – एमाले महासचिव ईश्वर पोखरेल पिसाव नलीमा संक्रमण भएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनी एक सातादेखि अस्वस्थ्य थिए । युरिनरी ट्रयेक्ट इन्फेक्सनु पीडित पोखरेल अझै केही दिन अस्पतालमा रहने स्रोतले जनाएको छ । निमोनियाका कारण बीर अस्पताल भर्ना भएका एमाले...

सेनाले दियो माइन जोखिम शिक्षा

२०७१ जेठ ७ गते ७:२३

म्याग्दी, ७ जेठ – इन्द्रबक्स गण अर्थुङ्गेले एक हजार ५०० विद्यार्थीलाई विस्फोटक पदार्थ बम (माइन) को जोखिमसम्बन्धी शिक्षा प्रदान गरेको छ । विद्यार्थीमार्फत अभिभावकसम्म बमको जोखिम र त्यसबाट बच्ने उपायका विषयमा जिल्लाका पाँच विद्यालयका विद्यार्थीलाई गणले शिक्षा प्रदान गरेको हो । गणका सहसेनानी मनोरथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us