
काठमाण्डु, ७ जेठ– भारतको आम आदमी पार्टीका संयोजक अरविन्द्र केजरीवाल पक्राउ परेका छन् ।
भारतीय जनता पार्टीका नेता नितिन गड्करीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै प्रहरीले केजरिवाललाई पक्रेको हो । दिल्लीका पूर्वमुख्यमन्त्री समेत रहेका उनीविरुद्ध मानहानी अभियोगमा मुद्दा चलाउने तयारी भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दर्ै भरतीइ सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो मानहानी गरेको भन्दै गड्करीले केजरिवालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । केजरिवालले आफूविरुद्ध आफूविरुद्ध मुद्धा दायर गरेपछि केजरिवालले क्षतिपूर्तिको माग दाबीसहित दायर गरेको अपिल अदालतले खोरज गरिदिएको छ ।
केजरीवालको अपिल अस्वीकार गरेसँगै अदालतले उनलाई पक्राउ गरी न्यायिक हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको थियो ।