
भक्तपुर, ७ जेठ – यही जेठ १८ गतेलाई तोकिएको स्ववियुको निर्वाचन सार्नुपर्ने माग गर्दै १९ विद्यार्थी सङ्गठनले आज सानोठिमी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारीको नेतृत्वमा १९ विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको अखिल क्रान्तिकारी सानोठिमी क्याम्पसका सुवास ढकालले बताए ।
नेविसङ्घ र अनेरास्ववियुले स्ववियु निर्वाचन १८ गते नै गर्नुपर्ने अडान राखेपछि अखिल क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन सार्नुपर्ने माग गर्दै आएका छन् ।