
काठमाण्डु, ७ जेठ– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेमुलुकमा भ्रष्टाचार क्यान्सरको रुपमा मौलाएको बताएका छन् ।
भ्रष्टाचार रबेथिती अन्त्यका लागि अभियान चलाउन जरुरी भएको उनले बताए । नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार रअनियमितता भएको भन्दै आन्दोलनरत संयुक्त पर्यटन व्यवसायी समन्वय समितिकापदाधिकारीहरूलाई सम्बोधन गर्दै प्रचण्डले पर्यटन व्यवसायीको भ्रष्टाचारविरोधी आन्दोलनले सिङ्गो देश र राजनीतिक नेतृत्वको ध्यान जगाएकाले यसलाईअभियानकै रुपमा अघि बढाइनुपर्ने बताए ।
उनले भ्रष्टाचार र अनियमिततासम्बन्धीपर्यटन व्यवसायीको जायज मागलाई सम्बोधन गराउन प्रतिपक्षी दलको नेता भएकोहैसियतले पार्टीको बैठक र सरकारसँगको छलफलमा गम्भीरतापूर्वक कुरा उठाउनेबताए ।
व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनसंविधानसभाका पूर्व उपाध्यक्ष पूर्णकुमारी सुवेदी, एमाओवादी नेता लीलामणिपोखरेल, नेपाली काँग्रेसका नेता धनराज गुरुङ, खड्ग बस्याललगायत अनशन स्थलपुगेका थिए । रासस