न्यायाधीशविरुद्ध उजुरी दिनेसँग छलफल जारी

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषदले सर्वोच्च अदालतका लागि प्रस्तावित गरेका ८ न्यायाधीशविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल गरिरको छ ।
सिंहदरबारमा जारी छलफलमा ६ उजुरीकर्ता सहभागी छन् । प्रस्तावित ८ मध्ये ६ जनाविरुद्ध २२ जनाले उजुरी दिए पनि ६ जनामात्र समितिमा उपस्थित भएका हुन् । यसअघि बिहान बसेको समिति बैठकले उजुरीकर्तालाई बोलाएर उजुरीबारे जानकारी लिने निर्णय गरेको थियो ।

यसैबीच समितिको बैठकमा सञ्चारकर्मीको प्रवेशलाई रोक लगाइएको छ । अकारण आफूहरुलाई बैठक स्थलमा प्रवेश गर्न नदिइएको उज्यालो एफ एमका पत्रकार बोमलाल गिरीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us