दुई माओवादी मिल्नुको विकल्प छैन: प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ ७ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– एकीकृत माअ‍ेवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन् ।

pracahndaपार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बेपत्ता स्मृति दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा उनले दुई पार्टीबीच एकता नभए परिवर्तन संस्थागत हुन नसक्ने बताए । उनले अध्यक्ष पार्टी फुटले विरोधीलाई फाइदा पुगेको र जनतामा निराशा बढेकाले दुवै पक्ष मिलेर अघि बढ्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो ।

‘हामी फुट्टा प्रतिक्रियावादीलाई फाइदा पुग्यो’, प्रचण्डले भने, ‘परिवर्तनका एजेण्डा संस्थागन गर्न पनि पश्चगामी शक्तिहरुविरुद्ध परिवर्तनकारी शक्तिबीच ध्रुवीकरण आवश्यक भएको छ ।’

प्रचण्डले १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संविधान बनाउनुपर्ने भन्दै जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता, घाइते र तिनका परिवारको भावनाअनुसार संविधान बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

अर्को एक फरक प्रसंगमा उनले पार्टीमा पछिल्लो समय देखिएको विवाद मिलिसकेको र बुधबारको बैठकमा बाबुराम भट्टराई पक्ष समेत सहभागी हुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us