विश्वेन्द्र पासवानको पार्टी विभाजित

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ११:५० मा प्रकाशित

काठमाण्डु, ७ जेठ– विश्वेन्द्र पासवानले नेतृत्व गरेको दलित जनजाति पार्टी विभाजित भएको छ ।
Biswendra_paswanदोस्रो संविधानसभामा पार्टी विभाजन भएको यो पहिलोपटक हो । पासवानको पार्टीकी सभासद यशोदाकुमारी लामाले पार्टी विभाजन गरी बुधबार संसद सचिवालयमा नयाँ दल दर्ताको आवेदन दिएकी हुन् ।

उनले आफ्नै अध्यक्षमा दलित जनजाति पार्टी नेपाल नामको दल दर्ताका लागि निवेदन दिएको संसद सचिवालयले जनाएको छ । सो पार्टीको संविधानसभामा दुई सभासद थिए । यो सँगै संविधानसभामा दलको संख्या ३१ पुगेको छ ।

यसअघि ३० दल र दुई स्वतन्त्र सभासद थिए । लामाले पासवान पार्टीको विधानविपरीत चलेको आरोप लगाएकी छन् । पासवान चाटुकार, उदण्ड र पद लोभी भएको आरोप उनको छ । पार्टीलाई पार्टीका रुपमा नभई निजी कम्पनीका रुपमा चलाएको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us