राप्रपा विवाद चर्कियो, सात नेताद्वारा जिम्मेवारी अस्वीकार

काठमाण्डु टुडे २०७१ जेठ ७ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सात प्रभावशाली नेताले अध्यक्ष सूर्यबहादुर थापाले तोकेको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
surya bahadur thapaएक वर्षे पदावधि सकिनै लाग्दा पार्टीभित्र छलफल नै नगरी जम्मेवारी तेकिएको भन्दै उनीहरुले उक्त जिम्मेवारी नलिने बताएका हुन ।

थापाले बुद्धिजिवी संगठनको प्रमुखमा नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द, सामाजिक विभागमा गोविन्दविक्रम शाह, युवा तथा खेलकुद विभागमा जगत गौचन, स्थानीय निकाय परिचालन विभागमा प्रेमबहादुर भण्डारी, स्थानीय निकाय निर्वाचन परिचालन विभागमा विक्रम पाण्डे, आर्थिक विभागमा गुरुप्रसाद रजौरियालाई मनोनयन गरेका थिए ।

उनीहरु सबैले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो जिम्मवारी बहन नगर्ने घोषणा गरेका छन् । एक वर्षअघि एकता महाधिवेशनबाट अध्यक्ष बनेका थापाको पदावधि सकिएकाले उनले मनोनित गरेको पदमा नबस्ने भनाइ उनीहरुको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us