देशभर तापक्रम बढ्यो , नेपालगन्जमा ४३ डिग्री सेल्सियस

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ९:५२ मा प्रकाशित

काठमाण्डु , ७ जेठ – सुक्खायाम सुरुभएसँगै मुलुकभरको तापक्रम बढ्ने क्रममा रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकालगायत दिपायल, नेपालगन्ज, धनगढी, भैरहवा विराटनगर क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् राजाराम ढकालले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको आजको तापक्रम ३१ डिग्री सेल्सियस, दीपायलमा हिजो ४२ दशमलव ७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ४१ डिग्री सेल्सियस, भैरहवामा ४० दशमलव १ डिग्री सेल्सियस र विराटनगरमा ३९ डिग्री सेल्सियससम्म पुगेको छ ।

चालीस डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेका क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना भएकाले त्यसबाट बच्नका लागि घामबाट जोगिनुपर्ने, हिँडडुल गर्दा छाताको प्रयोग गर्नुपर्ने, हल्का लुगा लगाउनुपर्ने र प्रशस्त पानी पिउनुपर्ने उनको सुझाव थियो ।

आजभोलि उच्च पहाडी भेगमा फाट्फुट वर्षा हुने सम्भावना रहे तापनि तराई क्षेत्रमा भन्ने त्यस्तो सम्भावना नदेखिएको जानकारी दिए ।

यस वर्षको मनसुनी वर्षा यही जेठको अन्तिम सातादेखि सुरु हुने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us